punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शिखर नगरपालिकाद्वारा प्रहरीलाई खोज तथा उद्धारका सामग्री हस्तान्तरण

Chaupati
safha napa

शिखर नगरपालिका डोटीले नगरपालिकामा अवस्थित प्रहरी चौकीलाइ खोज तथा उद्दारका सामग्री हस्तान्तरण गरेको छ ।

शुक्रवार शिखर नगरपालिका डोटीको कार्यालयमा आयोजित एक कार्यक्रममा शिखर नगरपालिका डोटीका नगर प्रमुख दिर्घ वलायरले हस्तान्तरण गरेको हो ।

सामग्री शिखर नगरपालिका वडा नं. १० मा रहेको तिलताली प्रहरी चौकी र वडा नं ६ मा रहेको तल्कोट प्रहरी चौकीलाइ हस्तान्तरण गरेको हो ।

सामग्री वदलिदो मौषमका कारण हुन सक्ने जोखिमलाइ मध्यनजर गर्दै नगरपालिकाले खोज तथा उद्दारका सामग्री हस्तान्तरण गरेको शिखर नगरपालिका डोटीका प्रवक्ता धिर्क वहादुर सिंहले वताए ।

सामग्री हस्तान्तरण कार्यक्रममा शिखर नगरपालिका डोटीका नगर प्रमुख दिर्घ वहादुर वलायरले मौषम परिवर्तन संगै हुन सक्ने जोखिम पूर्व सामग्री वितरण गरेको वताए ।

साथै नगरपालिकाका सवै वडाका युवाहरुलाइ सिमोट्ने गरी खोज तथा उद्दारको तालिम दिएर हुन सक्ने झोखिका लागि दक्ष जनसक्ति तयार गर्ने तयारीमा रहेको नगर प्रमुख वलायरले वताए ।

वितरण गरेको सामग्रीमा हेल्मेट, लाइफ ज्याकेट, रेनकोट, टर्च, पन्जा, चस्मा, मेघा फोन, वुट, सिट्टी, गैटी, वेल्चा, सव्वल लगायतका रहेका छन ।


१७ असार २०७९, शुक्रवार १८:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु