punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुर उद्योग वाणिज्य संघमा वरिष्ठ उपाध्यक्षसहित ११ जना निर्विरोध चयन

Chaupati
safha napa

कञ्चनपुर उद्योग वाणिज्य संघको १७औं कार्यकारिणी समितिको निर्वाचन अन्र्तगत बिहीबार वरिष्ठ उपाध्यक्षसहित ११ जना निर्विरोध चयन भएका छन्। हालसम्म वरिष्ठ उपाध्यक्षमा युवा व्यवसायी दिनेश मल्ल, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ्ग, सचिवमा राहुल भट्ट र कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी कार्यकारिणी समितिको सात जना सदस्य समेत निर्विरोध निर्वाचित भएका छन्। सदस्यहरुमा भोजराज अवस्थी, प्रदिप पाल, मीनराज भट्ट, प्रेमप्रकाश पाठक, बिशाल सोनार, गोपालसिंह बुडापाल, नरेन्द्र प्रसाद जोशी र संस्थागत सदस्यतर्फ चन्द्र बुडा निर्वाचित भएका हुन्।

 


१६ असार २०७९, बिहीवार १८:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु