punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माधव नेपालले भने– सरकारले एसपीपी खारेज गर्नुपर्छ

Chaupati
safha napa

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० खारेज गरिने बताएका छन् । पार्टी निकट युवासङ्घ नेपालको उपत्यका युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा एसपीपीका विषयमा विवाद उत्पन्न भएको भन्दै सरकारले यसलाई खारेज गर्नुपर्ने बताए ।

एसपिपीको विषयमा आफू, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, र नेता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी नेपाल ९जसपा०का अध्यक्ष उपेन्द्र यादवका बीचमा शनिबारै छलफल भएको बताउँदै उनले यसलाई अस्वीकार गरिने प्रष्ट पारे । यो अन्योलको अवस्थालाई चिर्न आफूहरूले छलफल जारी राखेको भन्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग फेरि कुराकानी गर्ने समझदारी भएको बताए । अध्यक्ष नेपालले सन् २०१५ मा नेपाली सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि सोही सन्दर्भमा छलफल जारी रहेको जानकारी उनले दिए ।

त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले एसपीपीको विपक्षमा रहेको बताएपछि आफूहरू ढुक्क भएको भए पनि पछिल्लोपटक सार्वजनिक पत्रले अन्योल थपेको बताउँदै उनले भने, ‘अर्को कागज आइपुग्यो, नेपाली सेनाका प्रमुखले नै हस्ताक्षर गरेको, कुन सरकारको पालामा र को प्रधानमन्त्री हुँदा भन्ने कुरा पनि उठ्यो । उठ्दै जाँदा फेरि संसद् जसले आवाज उठाएका थिए, जोडदाररूपमा हङ्गामा गरेका थिए । त्यही पार्टी जोडिएको देखिएको छ ।’

उक्त कार्यक्रममा अध्यक्ष नेपालले युवा सङ्घको उपत्यका युवा विशेष जिल्ला कमिटीको नवगठित कार्यसमितिलाई शपथ गराए । सुशील भट्टराईको नेतृत्वमा ३१ सदस्यीय युवा सङ्घको कमिटी गठन गरिएको थियो ।


४ असार २०७९, शनिवार २१:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु