सुतेकै ठाउँमा मृत भेटिए कुसे गाउँपालिका–७ का वडाध्यक्ष
जाजरकोटमा एक वडाध्यक्ष सुतेकै ठाउँमा मृत भेटिएका छन्। जाजरकोटको कुसे गाउँपालिका–७ का वडाध्यक्ष शनिबार बिहान मृत भेटिएका हुन्।
शुक्रबार राति खाना खाएर सुतेका वडाध्यक्ष मनबहादुर घर्ती मृत भेटिएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिए।
स्थानीयले वडाध्यक्ष ओछ्यानमै मृत भेटिएको भन्दै खबर गरेपछि अनुसन्धानका लागि घटनास्थलतर्फ प्रहरी पठाइएको सहायक प्रजिअ केसीले जानकारी दिए।
घर्ती स्थानीय तह निर्वाचन–२०७९ मा नेपाल (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष हुन्। घर्तीले नेपाली काँग्रेसका खम्बबहादुर सिँहलाई हराउँदै निर्वाचित भएका थिए।
४ असार २०७९, शनिवार १४:१४ बजे प्रकाशित













