punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मंकीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठ रोग भएको पुष्टि

Chaupati
safha napa

मंकीपक्स भएको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रराज ट्रपिकल अस्पताल टेकु लगिएका व्यक्तिमा कुष्ठ रोग भएको पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै टेकुमा भर्ना गरिएका ती व्यक्तिमा कुष्ठ रोग पुष्टि भएको जानकारी दिएको छ ।

विभिन्‍न ६ ठाउँबाट स्लिट स्किन स्मियर जाँच गर्दा आँखा र कानको ३ वटा नमुनामा कुष्ट रोगको जीवाणु भेटिएको मन्त्रालयले जनाएको छ । विदेशबाट आएका ती युवामा मंकीपक्सको जस्तो लक्षण देखिएपछि विमानस्थलबाट सोझै टेकु लगिएको थियो ।


३ असार २०७९, शुक्रवार १७:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु