एमालेबाट निर्वाचित दार्चुलाका एक वडा सदस्यको मृत्यु

हालै निर्वाचित दार्चुलाका एक वडा सदस्यको मृत्यु भएको छ । महाकाली नगरपालिका -७ का वडा सदस्य केशवराम कोलीको मंगलबार दिउँसो मृत्यु भएको हो । उनी लामो समयदेखि पेट सम्बन्धी रोगबाट पीडित थिए ।

उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिए ।

कोली गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।


१८ जेठ २०७९, बुधवार ११:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु