कन्सर्टमा गीत गाउँदागाउँदै भारतका प्रसिद्ध गायक केकेको निधन

भारतका प्रसिद्ध गायक कृष्णकुमार कुन्नथको ५३ बर्षको उमेरमा निधन भएको छ । उनी केके नामले परिचित छन् । कोलकाताको एक कन्सर्टमा गीत गाउँदागाउँदै हृदयघात भएपछि उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गाउँदागाउँदै मञ्चमै ढलेपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरूले उनको निधन भएको घोषणा गरेका हुन् ।

केकेले बलिउडका थुप्रै फिल्ममा गीत गाएका छन् । हम दिल दे चुके सनममा उनले गाएको ‘तडप तडपके इस दिल से तथा ओम शान्ति ओममा गाएको आँखो मे तेरी लगायतका उनका गीत बहुचर्चित छन् ।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक जताएका छन् ।


१८ जेठ २०७९, बुधवार ०८:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु