punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

९ वर्षीय बेपत्ता बालक खोजिदिन अपिल

Chaupati
safha napa

बझाङको जयपृथ्वी नगरपालिका–१ कैलासका ९ वर्षीय बालक ४ दिनदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा जयपृथ्वी नगरपालिका–१ कैलासका मधेश शाहीका माइला छोरा धरेन्द्र शाही जयपृथ्वी नगरपालिका–१ कैलासको नजिकै पर्ने मष्टा गाउँपालिका–१ मा पर्ने घोणकोटको जंगलबाट गत जेठ १४ गते शनिबार बेपत्ता भएका हुन्।

वेताल सामुदायिक प्राथमिक विद्यालयमा अध्ययनरत रहेका धरेन्द्र आफ्ना ठूलाबुवा शेरबहादुर शाहीसँग गोठालो गएको बुझिन आएको छ। धरेन्द्रका ठूलाबुवा भैसी फर्काउन करिब २० मिनेट टाढा गएका वेला एक्लै बसेका धरेन्द्र उनका ठूलाबुवा त्यहाँ पुग्दासम्म त्यो ठाउँमा नभएको भन्ने बुझिन आएको उनकी फुपू विर्सना शाहीले जानकारी दिइन्।

४ दिनसम्म धरेन्द्र घर नआएपछि जिल्ला प्रहरी कार्यालय बझाङमा उनी हराएको जानकारी दिए पनि आज बिहानैदेखि स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजीका लागि उक्त ठाउँमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताए। साथै उनका आफन्तहरूले कहीँ कतै कसैलै भेटाएमा नजिकैको प्रहरीचौकीमा बुझाइदिन समेत आग्रह गरेका छन्।


१७ जेठ २०७९, मंगलवार १५:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु