punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अटो तथा ई-रिक्साको दाँया तर्फको भागमा फलामको डण्डि जडान गर्न कैलाली ट्राफिकको आग्रह

Chaupati
safha napa

अब अटो तथा ई-रिक्साको दाँया तर्फको भागमा अनिवार्यरुपमा फलामको डण्डि जडान गर्नुपर्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सात दिन भित्र अटो तथा ई-रिक्सा चालक वर्गमा आ आफ्नो अटो तथा ई रिक्साको दाँया तर्फको भागमा अनिवार्यरुपमा फलामको डण्डि जडान गर्न अनुरोध गरेको हो।

अटो तथा ई रिक्सामा भई रहेको सवारी दुर्घटनाको अवस्था तथा प्रकृतिलाई बिश्लेषण गर्दा अटो तथा ई-रिक्साको दाँया तर्फको भागमा फलामको डण्डि जडान नगरेको पाईएकोले यात्रुहरु चढाउने तथा झार्ने कार्य दुबै साईड बाट भएकोले यात्रुहरु अटो तथा ई-रिक्सा बाट खस्ने, यात्रुहरु सहजै एक्कासी जथाभाबि चढ्ने तथा झर्ने गर्दा पछाडिबाट आईरहेको सवारी साधनले ठक्कर दिई घाईते, मृत्यु तथा धनजनको क्षति अत्याधिक मात्रामा भएको पाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए ।

पछिल्लो समय अटो तथा ई रिक्सामा भई रहेको सवारी दुर्घटनाको जोखिमलाई न्युनिकरण गर्न उक्त नियम लागु गरिएको प्रहरी निरीक्षक सिंहले बताए ।

यसका साथै अटो तथा ई- रिक्सा चालक वर्गले अनिवार्यरुपमा लाईसेन्स तथा ब्लुबुक साथमा राख्ने , यात्रुहरुले सहजै देख्ने गरी आफ्नो सवारी साधनमा भाडादर लिष्ट टाँस गर्नुपर्ने , चालकले आफुसंगै अगाडीको सिटमा यात्रुहरुलाई राख्न नपाईने ,मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने , अनावश्यक ओभरटेक नगर्ने , चालकले जथाभाबि पार्किङ तथा यु-टर्न गर्ननपाईने र निर्माणका सामाग्रीहरु समेत ढुवानी गर्न नपाईने भएको छ ।

तसर्थ उल्लेखित नियमको पालना नगरेमा कडा भन्दा कडा कारबाहि हुने ब्यहोरा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जानकारी गराएको छ ।


१७ जेठ २०७९, मंगलवार १५:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु