भजनी कार्यपालिका सदस्यमा निर्वाचन, एमाले र नागरिक उन्मुक्तिको तालमेल

कैलालीको भजनी नगरपालिकाको कार्यपालिका सदस्यका लागि मतदान सुरु भएको छ । यहाँ आठ सदस्यका लागि १३ जना उम्मेदवार रहेका छन् । पाँच महिला सदस्यमा आठ जनाको उम्मेदवारी परेको छ भने, तीन अल्पसंख्यक दलित सदस्यमा पाँच जनाको उम्मेदवारी परेको छ ।

एमाले र रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिले तालमेल गरेको छ भने कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेको छ । ४६ जना सदस्यहरूले मतदान गरिरहेको निर्वाचन अधिकृत लक्ष्मी नारायण दाहालले बताए ।

४६ जना मध्ये एमाले र नागरिक उन्मुक्तिका ३३ जना मतदाता रहेका छन् । कांग्रेस र माओवादीका १३ जना रहेका छन् । यहाँ प्रमुख र उपप्रमुख दुवै रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिले जितेको थियो ।


१७ जेठ २०७९, मंगलवार १४:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु