सुन तोलामा १०० ले बढ्यो, चाँदी स्थिर

सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा १०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलाको १२ सय ८५ रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।


२६ वैशाख २०७९, सोमवार ११:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु