कांग्रेसलाई भोट हाल्ने सच्चा कम्युनिस्ट होइनन् : भीम रावल
नेकपा (एमाले) नेता भीम रावलले सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले यस्तो बताएका हुन् ।
उनले सत्ता स्वार्थका लागि कांग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको उनले जिकिर गरे ।सच्चा कम्युनिस्ट पार्टीले कांग्रेसलाई भोट हाल्न नसक्ने उनले बताए ।
रावलले एमालेबाट बनेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्न आग्रह गरे । एमालेका उम्मेदवार विजयी भए मात्रै देशमा विकास निमार्णका कार्यले तीब्रता पाउने एमालेबाट बनेका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे ।
२५ वैशाख २०७९, आइतवार ०९:५१ बजे प्रकाशित































