punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैठक सकेर घर फर्केका गाउँपालिका अध्यक्षको निधन

Chaupati
safha napa

धनुषाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको ७० वर्षको उमेरमा निधन भएको छ । अध्यक्ष शेखको शनिबार साँझ आफ्नै घरमा निधन भएको हो ।

फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचार गराइरहेका उनलाई दुई महिनादेखि पित्तथैलीमा पत्थरी समेत भएको थियो । तर सुगर हाई भएकाले शल्यक्रिया हुन नसकेको गाउँपालिकाका निवर्तमान उपाध्यक्ष भारती कार्कीले बताइन् । बिरामी शेख शनिबार साँझसम्म पनि बैठकमा व्यस्त थिए ।

शेख नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । अहिलेको स्थानीय तह निर्वाचनमा अन्य जनप्रतिनिधिले पुनः चुनाव लड्न राजीनामा दिए पनि उनले राजीनामा दिएका थिएनन् ।


२५ वैशाख २०७९, आइतवार ०९:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु