चुनावी सभालाई सम्बोधन गर्न ओली झापा जाँदै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । झापामा चुनावी सभालाई सम्बोधन गर्न ओली त्यहाँ जान लागेका हुन् ।
ओलीले भद्रपुर, विर्तामोड र धुलाबारीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । स्थानीय तह निर्वाचन आउन अब १० दिन बाँकी छ । अध्यक्ष ओलीलाई गृहजिल्लामा निर्वाचन जिताउन पाँच दलीय गठबन्धन र राप्रपाका कारण चुनौती थपिँदै गएको छ ।
उनको गृहनगर दमकमा पाँच दलीय गठबन्धनले राप्रपासँग सहकार्य गरेको छ । जसले गर्दा दमकमै यसपटक एमालेलाई निर्वाचन जित्न चुनौती थपिएको छ ।
गठबन्धनका कारण जिल्लाको अन्य स्थानीय तहमा पनि मुस्किल पर्ने देखिएको छ । सोही कारण चुनावी माहौल बनाउन ओली आज झापा जान लागेका हुन् ।
२० वैशाख २०७९, मंगलवार ०८:४९ बजे प्रकाशित































