इन्डियन प्रिमियर लिगमा मुम्बईको पहिलो जित
राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।
मुम्बईमा शनिबार राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको पहिलो जितमा सूर्यकुमार यादवले सर्वाधिक ५१ रन बनाए । यस्तै तिलक बर्माले ३५ रन जोड्दा इशान किशनले २६ रनको योगदान गरे ।
यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ६७ रन बनाए । यस्तै रविचन्द्र आश्विनले २१ रनको योगदान गरे ।
मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले समान दुई विकेट लिए । जितसँगै मुम्बईले नौ खेलपछि पहिलो २ अंक जोडेको छ ।
१८ वैशाख २०७९, आइतवार ०७:१२ बजे प्रकाशित































