गोदावरी नगरपालिकामा १७ जनाले लिए उम्मेदवारी फिर्ता

कैलालीको गोदावरी नगरपालिकामा १७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन् । नगरपालिकाका सहायक निर्वाचन अधिकृत शिवराज भाटका अनुसार १७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
वडा नम्बर १ बाट अध्यक्षका स्वतन्त्र उम्मेदवार चित्र कुमार भट्ट, कृत बहादुर चन्द र भीम बलायर रहेका छन् । वडा नम्बर १ बाटै सदस्यबाट स्वतन्त्र उम्मेदवारी दिएका शेर सिहं बोहरा, कुमारी बसन्ती जोशी, राष्ट्रिय जनमोर्चाबाट महिला सदस्यमा उम्मेदवारी दर्ता गरेकी माया देवी पार्की र सदस्यमा उम्मेदवारी दिएका प्रेम कामी रहेका छन् ।

वडा नम्बर ४ बाट अध्यक्षका स्वतन्त्र उम्मेदवार भुवन महरा र वडा नम्बर ५ बाट अध्यक्षका स्वतन्त्र उम्मेदवार भुवन प्रसाद पाठकले उम्मेदवारी फिर्ता लिएका छन् । वडा नम्बर ६ का एकिकृत समाजवादीबाट सदस्यमा उम्मेदवारी दर्ता गरेका दर्शन रानाले उम्मेदवारी फिर्ता लिएका हुन् । वडा नम्बर ७ को महिला सदस्यमा माओवादी केन्द्रबाट मनोनयन दर्ता गरेकी तुलसी धामीले पनी उम्मेदवारी फिर्ता लिएकी छन् ।

वडा नम्बर ११ बाट राप्रपा का अध्यक्ष सहित पाँचै जनाले उम्मेदवारी फिर्ता लिएका छन् । राप्रपाबाट उम्मेदवारी दर्ता गरेका प्रेम सिहं कडायत, सदस्यमा रामचन्द्र ओली, महिला सदस्य सुकाली बोहरा, सदस्य शंकर खड्का र दलीत महिला सदस्य झुपी भुलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । वडा नम्बर १२ को वडा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका भरत विकले उम्मेदवारी फिर्ता लिएको गोदावरी नगरपालिकाका सहायक निर्वाचन अधिकृत भाटले जानकारी दिएका छन् ।


१६ वैशाख २०७९, शुक्रवार २२:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु