सर्लाहीका १७ उम्मेदवारविरुद्ध उजुरी
सर्लाहीका विभिन्न स्थानीय निकायका १७ उम्मेदवारविरुद्ध उजुरी परेको छ । सबैभन्दा धेरै जिल्लाको बसबरिया गाउँपालिकामा उम्मेदवारी दिएका सातविरुद्ध उजुरी परेको हो । बागमती नगरपालिकामा चार उम्मेदवारविरुद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृत ध्रुबकुमार पियाले जानकारी दिए ।
बलरामा दुई तथा लालबन्दी, कविलासी, रामनगर र ब्रह्मपुरीमा एक–एक उजुरी दर्ता भएका छन् । ती उजुरीमाथि बिहिबार साँझसम्म छानबिन गर्ने र दोषी प्रमाणित भए उम्मेदवारी रद्द गरिने पियाले जानकारी दिए ।
बलराको प्रमुखका उम्मेदवार अभयकुमार सिंह र बाग्मती नगरका प्रमुखका उम्मेदवार भरतकुमार थापाविरुद्ध उजुरी परेको हो । अन्य पालिकामा पनि विभिन्न उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वैशाख ३० मा हुने स्थानीय निकायको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरुद्धमा बैशाख १४ मा दावी विरोधको उजुरी गर्ने समय दिइएको थियो ।
१५ वैशाख २०७९, बिहीवार १६:१८ बजे प्रकाशित






























