punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा १२ उम्मेदवारविरुद्ध उजुरी

Chaupati
safha napa

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका बैतडीका विभिन्न पालिकाका १२ उम्मेदवारविरुद्ध उजुरी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगरप्रमुख र गाउँपालिकाका उपाध्यक्षका उम्मेदवारसहित १२ जना उम्मेदवारविरुद्ध उजुरी परेको हो।

जिल्लाको पाटन नगरपालिकामा सबैभन्दा बढी ७ उम्मेदवारविरुद्ध उजुरी परेको छ। एमालेबाट नगरप्रमुख पदका उम्मेदवार नारायणसिंह भण्डारीविरुद्ध २ जनाले उजुरी दिएको हो। भण्डारी लेखापरीक्षकका रुपमा कार्यरत रहेको भन्दै उजुरी परेको निर्वाचन अधिकृत ईश्वरीदत्त जोशीले जानकारी दिए। यसका साथै वडा सदस्यका उम्मेदवारहरू हिरासिंह कठायत, प्रेमसिंह भाट, नवराज पाण्डेय, मानबहादुर बिष्ट र नवराज भट्टविरुद्ध उजुरी परेको छ।

शिवनाथ गाउँपालिकामा एमालेबाट उपाध्यक्षका उम्मेदवार शकुन्तला साउद, नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेदवार नरेन्द्र साउद र वडा अध्यक्षका उम्मेदवार भरतराम पार्कीविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पञ्चेश्वर गाउँपालिकामा वडा नं ६ का वडा अध्यक्षका उम्मेदवार रामसिंह पुजारा र बलबहादुर भण्डारीविरुद्ध उजुरी परेको छ। पुजाराविरुद्ध पेश्की फर्छ्यौट नगरेको उजुरी परेको र भण्डारीविरुद्ध फौजदारी अभियोगमा सजाय भोगेको भनेर उजुरी परेको हो।

उम्मेदवारविरुद्ध परेका उजुरीका विषयमा बिहीबार सम्म छानबिन भइसक्ने मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए। स्थानीय निर्वाचनका लागि बैतडीमा ४ सय ४० पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर १ हजार ४ सय ४२ जनाको उम्मेदवारी दर्ता भएको छ।


१५ वैशाख २०७९, बिहीवार ०८:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु