punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पूर्वसचिव केदार न्यौपाने राप्रपा प्रवेश

Chaupati
safha napa

नेपाल सरकारका पूर्व सचिव केदार न्यौपाने राप्रपामा प्रवेश गरेका छन्। निजामती सेवामा लामो समय बिताएका न्यौपाने भूमि सुधार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सचिव रहि हालै सेवा निवृत्त भएका थिए।

राप्रपाका पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनी, दीपक बोहरा लगायतका नेताले न्यौपानेको राप्रपा प्रवेशले पार्टीलाई महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन्।

गृह, स्थानीय विकास जस्ता मन्त्रालयको समेत अनुभव संगालेका न्यौपानेलाई मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गरी राप्रपामा प्रवेश गराएका हुन्।

 


१३ वैशाख २०७९, मंगलवार १५:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु