बुधबार तोलामा १५ सयले घट्यो सुनको मुल्य
बुधबार नेपाली बजारमा सुनको भाउ तोलमा १५ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सयले घटेको छ। आज १५ सयले घटेको सुन १ लाख ६ सयमा कारोबार भइरहेको छ।
आज तेजाबी सुनको १ लाख १ सयमा कारोबार भइरहेको छ। यस्तै चाँदी ३५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुन तोलाको १ लाख १ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो।
७ वैशाख २०७९, बुधवार १६:३६ बजे प्रकाशित































