चितवनमा बाघको आक्रमणबाट बेपत्ता भएका पुरुषको शव
चितवनमा बाघको आक्रमणबाट बेपत्ता भएका ६५ वर्षीय रामप्रसाद धमलाको शव भेटिएको छ। उनको शव शनिवार भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
शनिवार बिहान पूर्वी चितवनको खैरहनी नगरपालिका-१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका धमलालाई बाघले आक्रमण गरी लगेको थियो।
उनको शव जितपुरघाटमा भेटिएको हो। बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो।
२६ चैत २०७८, शनिवार १५:०१ बजे प्रकाशित













