टिकट बाँडफाँटमा विवाद हुँदा कांग्रेस नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते

स्थानीय तह चुनावका लागि टिकट बाँडफाँटको विषयमा विवाद हुँदा धादिङ कांग्रेसका नेताहरूबीच कुटाकुट भएको छ । कुटाकुट हुँदा गाउँपालिका अध्यक्ष घाइते भएका छन् ।

कुटाकुटमा नेपाली कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका हुन् । अध्यक्ष तामाङको अनुहारमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।


२३ चैत २०७८, बुधवार १०:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु