सत्ता गठबन्धन दलबीच डोटीमा पनि चुनावी तालमेल गर्ने सहमति

सत्ता गठबन्धन दलबीच डोटीमा पनि स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।

मंगलबार बसेको गठबन्धन दलका नेताहरुको बैठकले चुनावी तालमेल गर्ने सहमति गरेका हुन् । बैठकले आपसी समझदारीका आधारमा गठबन्धन गरी निर्वाचनमा सहभागी हुने निर्णय गरेको नेपाली काँग्रेस डोटीले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंह, उपसभापति बाजीसिंह खड्का विजय एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घराज बोगटी, नेता नारद मलासी र माओवादी केन्द्रका खगेन्द्र साउद ‘केबी’को उपस्थिति रहेको थियो । केन्द्रमा गठबन्धनमा रहेको जनमोर्चा भने तालमेलमा सामेल भएन ।

यसअघि कञ्चनपुर, अछाम र डडेल्धुरामा चुनावी तालमेल गर्ने सहमति भइसकेको छ ।


२२ चैत २०७८, मंगलवार २२:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु