कस्तुरीको विना र भालुको पित्तको कारोबारमा संलग्न तीन जना पक्राउ
संरक्षित वन्यजन्तु कस्तुरीको विना र भालुको पित्तको कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर मध्यपुरथिमी नपा–१ मनोहरा नयाँबस्तीमा संरक्षित वन्यजन्तु कस्तुरीको विना र भालुको पित्तको कारोबार भइरहेकोे भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
पक्राउ पर्नेमा भक्तपुर जिल्लाका मध्यपुरथिमी–१ मनोहरा नयाँबस्ती बस्ने ४७ वर्षीय क्षत्रबहादुर बेगा, जुम्लाका सिञ्जा गापा–६ काडागाउँ घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने १८ वर्षीय गोपाल बुढाक्षेत्री र पाँचथर जिल्लाका याङवरक गापा–२ तिनतिम्बो घर भई हाल काठमाडौँ जोरपाटी नयाँबस्ती बस्ने ४६ वर्षीय लोकेन्द्र बेगा रहेका छन्।
पक्राउ तीन जनाबाट कस्तुरीको विना पाँच थान र भालुको पित्त पाँच थान फेला पारेको महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।
२२ चैत २०७८, मंगलवार २१:५३ बजे प्रकाशित













