punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शुक्रबार सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

Chaupati
safha napa

सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले बढेर रु ९९ हजार ७०० तोकिएको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार २०० छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९८ हजार ४०० थियो ।

त्यस्तै आज शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०ले बढेर रु एक हजार ३६० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।


१८ चैत २०७८, शुक्रवार १३:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु