हातहतियार बुझाउन कैलाली प्रशासनको आग्रह
इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बुधवार जारी गरेको सूचनामा इजाजत लिएर घरमा राखिएका बन्दुक जस्ता हातहतियार निर्वाचन सकिएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिने गरी बुझाउन भनिएको हो ।
स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण वातावरण तयार गरी भरपर्दो र विश्वसनीय बनाउन भन्दै प्रशासनले चैत मसान्तभित्र पायक पर्ने नजिकको प्रहरी इकाईमा लगेर हातहतियार बुझाउन अनुरोध गरेको हो।

१७ चैत २०७८, बिहीवार १३:०७ बजे प्रकाशित






























