बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु
बैतडीमा भीरबाट लडेर बुधबार एकजनाको मृत्यु भएको छ। सिँचाई कुलो निर्माणका क्रममा दशरथचन्द नगरपालिका– ७ सुर्कालका ५२ वर्षीय लक्ष्मण बडुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
भीरबाट करिव २५० मिटर तल खसेका बडुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
१७ चैत २०७८, बिहीवार ११:०१ बजे प्रकाशित





























