punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आँखा जाँच गरेर मनाईयो पत्रकार महासंघ स्थापना दिवस

Chaupati
safha napa

आँखा जाँच गरेर नेपाल पत्रकार महासंघ स्थापना दिवस मनाईएको छ । ६७औँ पत्रकार महासंघ स्थापना दिवसका अवसरमा बुधबार पत्रकारहरुको आँखा जाँच गरिएको हो ।

पत्रकार महासंघ डडेल्धुरा शाखाको आयोजनामा २४ जना क्रियाशिल पत्रकारहरुले आँखा जाँच गरेका छन । महासंघको भवनमा आँखा जाँच तथा उपचारको आयोजना गरिएको थियो ।

२४ जना मध्ये ७ जनाले चस्मा लगाउनु पर्ने देखिएको जाँच तथा उपचारमा सहयोग गरेको अन्नपूर्ण अप्टिकलले जनाएको छ । स्वास्थ्य कार्यालय डडेल्धुरा र अप्टिकलको सहयोगमा आँखा जाँच तथा उपचार सञ्चालन गरिएको पत्रकार महासंघ डडेल्धुरा शाखाले जनाएको छ ।

नेपाल पत्रकार महासंघको स्थापना २०१२ चैत १६ गते भएको हो । यसका संस्थापक सभापति पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुन । यसले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको सदस्यता प्राप्त गरेको छ।


१६ चैत २०७८, बुधवार १७:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु