कैलालीको अत्तरियामा आगलागी
कैलालीको अत्तरियास्थित महेन्द्रनगररोडमा आगलागी भएको छ । सोमबार बेलुकीको समयमा पान्डेमिल नजिकै रहेको ग्यारेजबाट आगलागी सुरु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
दमकल, प्रहरी तथा स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो । क्षतिको विवरण नआएको र आगलागीको कारण पनि थाहा नभएको जनाइएको छ ।
१५ चैत २०७८, मंगलवार ०७:०६ बजे प्रकाशित































