पीएनजीसँग ६ रनले हार्यो नेपाल
पपुवा न्युगिनीले नेपाललाई ६ रनले पराजित गरेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको एकदिवसीय क्रिकेटमा नेपाललाई पीएनजीले पराजित गरेको हो ।
सुरुवाती ब्याटिङ गरेको पीएनजीले नेपाललाई २९३ रनको लक्ष्य दिएको थियो । तर निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै नेपालले २८६ रन मात्र बनाउन सक्यो ।
११ चैत २०७८, शुक्रवार १७:४४ बजे प्रकाशित































