punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्थानीय तहको चुनावमा ६० प्रतिशत मत ल्याएर नेकपा एमाले विजयी हुन्छ : भट्टराई

Chaupati
safha napa

नेकपा एमाले स्थानीय तहको निर्वाचनमा केन्द्रीय घोषणा अनुसार कसैसँग पनि गठबन्धन नगर्ने पूर्व मन्त्री तथा नेकपा एमाले केन्द्रीय सचिव योगेश भट्टराईले बताएका छन् । आज धनगढीमा पुगेर उनले नेकपा एमाले आफ्नो सामर्थ्यमा यो चुनाव लड्न सक्षम रहेको बताएका हुन् । गएको स्थानीय तहको चुनावमा ४५ प्रतिशत मत ल्याएर विजय भएको एमाले यसपटकको स्थानीय तहको चुनावमा ६० प्रतिशत मत ल्याएर विजयी हुनेमा विश्वास रहेको उनले बताए ।

‘हामीले कसैको पनि सहयोग नलिएर आफ्नै बल र सामर्थ्यमा स्थानीय तहको चुनाव जित्ने तयारी गरेको छौ ’ उनले भने स्थानीय तहको चुनाव ६० प्रतिशत मत ल्याएर सबै भन्दा अघि हुन्छौ ।,’ हामीलाई कुनै केन्द्रिय घोषणाबाट सहयोगी नचाहिने पनि उनले बताएका छन् ।
एमालेले कुनै तालमेल र गठबन्धनको घोषणा नगर्ने उनले बताए । यस्तै केन्द्रबाट यदि आवश्यक्ता परेको खण्डमा स्थानीय तहहरुमा जिल्ला कमिटिहरुले एक तहमा त्यो कमिटीसँग स्वीकृति लिएर जिल्ला कमिटीले नै तालमेल गर्न सक्ने उनले बताए ।

यस्तै उनले देशव्यापी चुनावी तालमेल कसैसँग पनि नहुने बताएका छन् । ‘हाम्रो मुख्य प्रति प्रतिद्वन्दी नेपाली कांग्रेस मात्रै हो, उनले भने ’समग्रमा भन्नुपर्दा नेपाली कांग्रेससंग मात्रै प्रतिस्पर्धा रहेको छ । अन्य दलहरूको त्यस्तो ठूलो हैसियत पनि नरहेको उनले बताए ।
केही दलका नेताहरु बिहान उठेदेखि राती नसुतेसम्म चुनावी तालमेल चुनावी तालमेल भनीरहेका छन् । दिनमा सय पटक भन्दाबढी चोटी भनिरहे पनि उहाँहरु चुनाव जित्न नसक्ने बताए । आफू चुनाव जित्न नसकेपछि यस्तो भनिरहेका उनको भनाई छ ।

आफुले जित्न नसक्ने भएपछि कांग्रेससँग गठबन्धन गर्न खोजेको आरोप लगाएका छन् । अन्य दलहरुले आफू एक्लै चुनाव जित्न नसक्ने भएपछि गठबन्धनको कुरा गरिरहेको उनले बताएका हुन् ।
माधव नेपाल र प्रचन्डको विचार शेर बहादुर देउबासंग कहाँ निर गएर मिल्न सक्छ र ? भटराईले भने कि त हाम्रो विचार र सिद्धान्त मिल्छ भन्न सक्नुपर्छ नभए त यो गठबन्धन एमालेको विरोध गर्ने काम मात्रै भइरहेको छ ।

व्यक्तिगत स्वार्थका आधारमा गठबन्धन गरिएको पनि उनले आरोप लगाएका छन् । यस्तो गठबन्धनलाई नेपाली जनताले कायम गर्न नसक्ने पनि उनले बताएका हुन् ।
त्यस्तो गठबंधन कुनैपनि बेला भत्कन सक्ने उनले बताएका छन् । यो गठबन्धन प्रति नेकपा एमाले धेरै ठूलो चिन्ता पनि नलिएको उनले स्पष्ट पारेका छन् । यस्ता गठबन्धनले नेकपा एमाले तर्सिने वाला नभएको पनि उनले बताएका हुन् ।

देशभरिको जनसभामा देखिएको उत्साह र जनलहरले नेकपा एमाले नै सबैभन्दा बढी मत प्राप्त गरेर विजयी हुने उनले बताए ।


११ चैत २०७८, शुक्रवार १२:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु