कञ्चनपुरमा एक जना मृत फेला
कञ्चनपुरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका -१ को धौलेपानीमा ६० वर्षीय मानबहादुर धामी बिहीवार मृत अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट नगरपालिका-४ स्थायी घरका भएका धामी धौलेपानीमा बस्दै आएका थिए। उक्त शवलाई महाकाली प्रादेशिक अस्पताल लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
११ चैत २०७८, शुक्रवार ११:५४ बजे प्रकाशित































