punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कस्तो रहला आज देशभरको मौसम ?

Chaupati
safha napa

देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको पनि सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज राति पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।

प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।


५ चैत २०७८, शनिवार ०७:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु