लिभरपुलले सिटीसँगको अग्रता तीन अंकमा झार्‍यो

इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लिभरपुलले शनिबार राति वेस्ट ह्यामविरूद्ध जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथिको दूरी तीन अंकमा झारेको छ ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा साडियो मानेले खेलको २७औं मिनेट निर्णायक गोल गरे ।

जितसँगै लिभरपुलको २७ खेलबाट ६३ अंक छ । शीर्ष स्थानको सिटीको समान खेलबाट ६६ अंक छ । पराजित वेस्ट ह्याम २८ खेलबाट ४५ अंक सहित पाँचौ स्थानमा छ ।


२२ फागुन २०७८, आइतवार ०७:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु