देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली

देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान मौसमविद्ले गरेका छन् ।

अहिले बिहान पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ ।


२२ फागुन २०७८, आइतवार ०७:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु