punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा तीन वडाध्यक्षसहित १३ जनप्रतिनिधि नेकपा एमाले प्रवेश

Chaupati
safha napa

बैतडीको शिवनाथ गाउँपालिकामा तीन जना वडाध्यक्षसहित १३ जनप्रतिनिधिले नेकपा एमाले प्रवेश गरेका छन् ।

एमालेबाट निर्वाचित भएर नेकपा एकीकृत समाजवादीमा खुलेका तीन वडा अध्यक्षसहित ९ सदस्य र कांग्रेसबाट निर्वाचित वडा सदस्यले एमाले प्रवेश गरेका हुन् ।

शनिबार गाउँपालिका स्तरीय भेलामा शिवनाथ गाउँपालिका वडा नं. १ का अध्यक्ष करन पार्की, वडा नं। २ का अध्यक्ष हजारी साउँद, वडा नं। ३ का अध्यक्ष बिरबहादुर साउँद र वडा नं. ४ की वडा सदस्य पाना तिरुवाले एमाले प्रवेश गरेको एमाले केन्द्रिय सदस्य लिलाधर भट्टले जनकारी दिए ।

उनका अनुसार तिरुवा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन । ‘विभिन्न पार्टी परित्याग गरी १ सय ५६ जनाले एमाले रोजेका छन्,’ उनले भने, ‘कांग्रेसबाट मात्रै २६ जना एमालेमा आएका छन् ।’ वडा अध्यक्ष हजारी एमाले बैतडीका निर्वतमान उपाध्यक्ष समेत हुन् । उनी समाजवादीका प्रदेश सदस्य समेत हुन् ।

बैतडीमा २६ जना जनप्रतिनिधिले एमाजबादीमा सनाखत गरेका थिए । ती मध्ये १३ जना एमालेमै फर्किएको भट्टले जानकारी दिए । यहाका ४ वडाध्यक्ष मध्ये तीन जना फर्किएका छन् ।


२१ फागुन २०७८, शनिवार १९:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु