punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाटन प्रिमियर लिग: कैलपाल र पाटन फाइनलमा प्रवेश

Chaupati
safha napa

बैतडीको पाटनमा जारी पहिलो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) क्रिकेटको सेमिफाइनल खेल आज सम्पन्न भएका छन्। पहिलो सेमिफाइनलमा कैलपाल क्रिकेट क्लब र दोस्रोमा आयोजक पाटन क्रिकेट क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन्।

ग्वाल्लेक क्रिकेट क्लबलाई १३७ रनले पाखा लगाउँदै कैलपाल उपाधि नजिक पुगेको हो। कैलपालले दिएको २३८ रनको विशाल लक्ष्य पन्छाएको ग्वाल्लेक ९.२ ओभरमा मात्र १०० रनमा समेटियो। उसका लागि पिताम्बर जोशीले ३१ र पञ्कज जोशीले २१ रन जोडे। कैलपालका सन्तोष चन्दले ४ र मुकेश चन्दले ३ विकेट लिए।

त्यसअघि श्रीकृष्ण माविको खेल मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको कैलपाल १९.२ ओभरमा २३७ रनमा अलआउट भयो। जसमा प्रदीप चन्दले अर्धसतकीय पारी खेल्दै ६६ तथा वीरेन्द्र चन्दले ४१ रन हिर्काए। ग्वाल्लेकका पिताम्बर जोशीले ३ तथा वीरेन्द्र बोहरा र दीपक जोशीले २/२ विकेट हात पारे। खेलका म्यान अफ द म्यान कैलपालका प्रदीप चन्द चुनिएका स्कोरर किरन चन्दले जानकारी दिए।

अर्को सेमिफाइनलमा पाटन क्रिकेट एकेडेमीलाई १२८ रनले हराउँदै आयोजक पाटन क्रिकेट क्लब पनि फाइनलमा पुगेको छ। क्लबले दिएको १७५ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको एकेडेमीले ८.२ ओभरमा मात्र ४६ रनमा अलआउट भयो। हरिश विष्टले सर्वाधिक १८ रन जोडे पनि अन्य ब्याट्सम्यान नचल्दा एकेडेमी सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो।

त्यसअघि टस हारेर ब्याटिङ गरेको क्लबले निर्धारित २० ओभरमा आफ्ना सम्पूर्ण विकेट गुमाउँदै १७४ रन जोड्न सफल भयो। जसमा प्रकाश बुडालले ४३ र सन्नी विष्टले ३१ रन बनाए। एकेडेमीका सन्तोश जोशीले ४ र शुशांक चन्दले ३ विकेट झारे। क्लबका लागि उत्कृष्ट अलराउन्डर प्रदर्शन गरेका सन्नी विष्ट म्यान प्लेअर अफ द म्याच घोषित भए।

 

 


२० फागुन २०७८, शुक्रवार ०८:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु