देशभर थप १२७ जनामा कोरोना पुष्टि, तीन जनाको मृत्यु

देशभर थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८७४ जनाको नमूना परीक्षण गर्दा थप १२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा। संगिता कौशल मिश्रले जानकारी दिइन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय ७० रहेको छ ।


१८ फागुन २०७८, बुधवार १६:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु