कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु
फाइल फोटो
कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
धनगढी उप–महानगरपालिका वडा नम्बर–१ का ७२ बर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६ नमुना परीक्षण गरिएकोमा थप तीन जनामा संक्रमण पुष्टि हो ।
यस्तै २४ घण्टामा तीनजना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।
१३ फागुन २०७८, शुक्रवार १७:०४ बजे प्रकाशित






























