बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो ।
मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बंगुरको खोरमा चारो दिँदै गर्दा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । क्षतविक्षत अवस्थामा थारुको शव फेला परेको प्रहरीले जनाएको छ ।
११ फागुन २०७८, बुधवार ११:४६ बजे प्रकाशित






























