रहेनन् दीग्दज कलाकार जयनन्द लामा
वरिष्ठ लोकगायक जयनन्द लामाको बुधबार निधन भएको छ । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो ।
उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले थुप्रै चलचित्रमा पनि अभिनय गरेका छन् ।
११ फागुन २०७८, बुधवार ०८:५० बजे प्रकाशित






























