punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मेघगर्जन र चटयाङ्सहित वर्षाकाे सम्भावना

Chaupati
safha napa

देशका पश्चिमी भेगमा आज पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो मौसमी प्रणालीका कारण आज पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकीका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

अहिले बिहान पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै सुदूरपश्चिमको पहाडी भेगका एक दुई स्थानहरूमा हल्का वर्षा भएको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।


११ फागुन २०७८, बुधवार ०८:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु