punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडी दुर्घटनामा चार जनाको मृत्यु, नगरपालिकामा शोक बिदा

Chaupati
safha napa

बैतडीको पाटन नगरपालिकाले मंगलबार शोक बिदा दिएको छ। सोमबार अपरान्ह भएको टिपर दुर्घटनामा ३ विद्यार्थीसहित ४ जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो। दुर्घटनामा विद्यार्थीको मृत्यु भएकोले यहाँका शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

नगरपालिकाले सूचना जारी गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। सोमबार अपरान्ह भएको टिपर दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारको क्रममा अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो।

मृत्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका ३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र पाटन नगरपालिका ३ कै ४५ वर्षीय जनकराज पन्त रहेका छन्।

राजेन्द्रको उपचारको क्रममा डडेल्धुरा अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो भने अन्य तीनजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

गुजरबाट पाटनतर्फ आइरहेको बा ३ ख ४८७९ नम्बरको टिप्पर सोमबार अपरान्ह ४ बजेतिर भित्री सडकमै पर्ने झाडीमालीमा दुर्घटनामा परेको हो। विद्यालयको छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टिप्परमा चढेर आउन लागेका बेला दुर्घटनामा परेको थियो।

दुर्घटनाग्रस्त टिप्पर सडकबाट ३०० मिटर तल खसेको थियो। दुर्घटना लगत्तै घाइते र मृतकको उद्धार स्थानीय र प्रहरीले गरेका थिए।

टिपरका चालक रमेश विष्ट प्रहरीको नियन्त्रणमा रहेका छन्। दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।


१० फागुन २०७८, मंगलवार १०:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु