भारतमा साढे १३ हजार कोरोना संक्रमित थपिए, २३५ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा १३ हजार ४०५ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा ३४ हजार २२६ जना संक्रमणमुक्त भएका छन् भने २३५ जनाको संक्रमणका कारण ज्यान गएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान जानकारी दिएको छ ।

अहिले भारतमा १ लाख ८१ हजार भन्दा केही धेरै सक्रिय संक्रमित छन् । ज्यान गुमाउनेको संख्या ५ लाख १२ हजार ३४४ पुगेको छ ।


१० फागुन २०७८, मंगलवार १०:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु