punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेशनल प्याथ ल्याबले पत्रकारलाई ३० प्रतिशत छुट दिने

Chaupati
safha napa

धनगढीको नेशनल प्याथ ल्याबले पत्रकारलाई ३० प्रतिशत छुट दिने भएको छ। नेशनल प्याथ ल्याब र पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिबीच भएको सम्झौता अनुसार अव पत्रकारले ३० प्रतिशत छुट पाउने भएका हुन् ।

सम्झौता अनुसार पत्रकार, सञ्चार गृहमा कार्यरत कर्मचारी र पत्रकारका परिवारलाई ल्याबले प्रदान गर्ने सेवा, स्वास्थ्य परीक्षण तथा सुविधामा ३० प्रतिशत छुट दिइने भएको छ। मंगलबार पत्रकार महासंघ सुदूरपश्चिमका सचिव हरी जोशी र ल्याबका प्रवन्धक हरी सिंह धामीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। छुटका लागि पत्रकार महासंघको सिफारिस र परिचय पत्र अनिवार्य लग्नुपर्ने बताइएको छ।

नियमित स्वास्थ्य परीक्षण गराउँदा विभिन्न रोगबाट बच्न सकिने हुँदा पत्रकार र उनका परिवारको हितका लागि यो सम्झौता गरिएको सचिव जोशीले बताए।


१० फागुन २०७८, मंगलवार ११:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु