वैशाख ३ गते नेपाल आउँदै सलमान खान
बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन्। सलमान वैशाख ३ गते काठमाडौंमा हुने कार्यक्रममा सामेल हुन नेपाल आउन लागेका हुन्।
सलमानलाई नेपाल ओडीसी इन्टरटेनमेन्टले ल्याउन लागेको हो। खानसँगे बलिउडका कलाकार सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मनिष पौल, आयुष शर्मालगायतका कलाकार नेपाल आउने निधो भएको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ।
पाँच वर्षपछि फेरि सलमान नेपाल आउने पक्का भएको छ। सलमान वैशाखमा दशरथ रंगशालामा हुने कार्यक्रममा उपस्थित हुनका लागि नेपाल आउन लागेका हुन्।
५ फागुन २०७८, बिहीवार १५:०७ बजे प्रकाशित































