punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने, पर्सिदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पर्ने अनुमान

Chaupati
safha napa

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने अनुमान गरिएको छ ।अहिले बिहान केही ठाउँमा हुस्सु, कुहिरो लागे पनि दिउँसो घाम लाग्ने मौसमविद् गङ्गा नगरकोटीले बताए ।

आज र भोलि मौसम सामान्यतया सफा नै रहे पनि पर्सिदेखि फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छ ।

उनकाअनुसार पर्सि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बद्ली भइ केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

बिहीवार भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा समेत पर्ने अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।


२४ माघ २०७८, सोमवार ०९:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु