२४ औँ स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण
प्रगतिशिल र श्रमजीवी पत्रकारको संगठन प्रेस चौतारी नेपाल दार्चुला शाखाले शनिबार जिल्ला अस्पताल दार्चुलामा रहेका बिरामीलाई फलफुल वितरण गरेको छ ।२४ औँ स्थापना दिवसको अवसरमा संगठनले अस्पतालमा रहेका करिब १३ जना बिरामीलाई फलफूल वितरण गरेको हो ।
फलफुल वितरण पछि आयोजित कोणसभामा बोल्दै प्रमुख अतिथि जिल्ला अस्पताल दार्चुलाका डाक्टर सोमनाथ अवस्थीले व्यवसायिक पत्रकारितासँगै सामाजिक कार्यप्रति पत्रकार उत्तरदायी भएकोमा धन्यबाद दिएका छन ।
उनले समाज परिवर्तन पत्रकारिताबाट मात्रै सम्भव भएकाले परिवर्तनका पक्षमा आफ्ना कलमहरुलाई जिवन्त राख्न आग्रह गरेका छन् ।
यस्तै उनले सबै नागरिकले सूचना पाउने अधिकार भएको हुदाँ सत्य र निष्पक्ष सूचना तथा समाचार प्रशासरण गर्ने संचारमाध्यको कतव्र्य भएको हुदाँ यसको भुमिका संचारकर्मी एवम् पत्रकारले निर्वाह गर्नुपर्ने बताए ।
यस्तै उनले जिल्ला अस्पताल दार्चुलाको पछिल्लो अवस्थाका बारेमा पनि संञ्चारकर्मीहरुलाई जानकारी दिनु भएको छ । चौतारीले पत्रकारिता क्षेत्रको प्रवद्र्धनका साथै सामाजिक कार्यको रुपमा फलफूल वितरण गरेको चौतारी शाखा दार्चुलाका अध्यक्ष लक्ष्मण सिंह धामीले बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा दार्चुलाका उपाध्यक्ष सन्तोष सिह कोट्यारी चौतारीमा आबद्ध पत्रकार, लगायतको सहभागिता रहेको थियो।
२२ माघ २०७८, शनिवार १६:२३ बजे प्रकाशित































