punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्वास्थ्यकेन्द्रका सेवा ११ दिनपछि सुचारु

Chaupati
safha napa

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि बन्द रहेका बैतडीको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका सबै सेवा आजदेखि सुचारु भएका छन्।

स्वास्थ्यकेन्द्रले ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि माघ ९ गतेदेखि अत्यावश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएका थिए।

संक्रमित सबै स्वास्थ्यकर्मी संक्रमणमुक्त भएर काममा फर्किएपछि सेवा सुचारु भएको केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले बताए।

जिल्लाको तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रूपमा रहेको प्राथमिक स्वास्थ्यकेन्द्रका सेवा बन्द हुँदा स्थानीय बासिन्दालाई असहज भएको थियो।

सेवा सुचारु भएपछि स्थानीय नागरिकलाई सेवा लिन सहज भएको छ। कोरोना भाइरसको संक्रमण तीव्रगतिमा फैलिन थालेकाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ।

बैतडीमा अधिकांश संक्रमित होम आइसोलेसनमा बसिरहेकाले समुदायमै कोरोना फैलिसकेको छ तर स्थानीय तहले कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि प्रयास नगरेको गुनासो आउन थालेको छ।

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा हालसम्म कोरोना संक्रमणकै कारण १९ जनाको मृत्यु भइसकेको छ।


२० माघ २०७८, बिहीवार १३:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु