punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा निर्माण भएको ड्रेनमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै हटाउन निर्देशन

Chaupati
safha napa

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँँडीमा रोड साइड ड्रेन निर्माणका क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको पाइएपछि हटाउन निर्देशन दिइएको छ।

बन्साहा, कलुवापुर, दोमिल्ला जोडने सडक खण्डअन्र्तगतको बेलडाँडीमा सडक किनारामा निर्माण भइरहेको ड्रेनमा प्रयोग भएका बालुवा, इट्टालगायतका निर्माण सामग्री गुणस्तरहीन पाइएपछि पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीलाई हटाउन निर्देशन दिएको हो।

निर्माण कम्पनीलाई पत्राचार गर्दै कार्यालयले स्थलगत सुपरीवेक्षण र अनुगमनका क्रममा सडकको चेनेज ७५००, बेलडाँडी क्षेत्रमा निर्माणाधिन रोड साइड ड्रेनमा प्रयोग भएको बालुलासहितका सामग्री तोकिएको मापदण्ड र स्वीकृत टेक्निकल स्फेसिफिकेसन बमोजिम नरहेकाले सम्झौता बमोजिमको कार्य गर्न निर्देशन दिएको छ।

“जनप्रतिनिधि र स्थानिय बासिन्दाबाट ड्रेन निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग भइरहेको गुनासो आएपछि निरीक्षण गरेका छौं”, पूर्वाधार विकास कार्यालयका प्रमुख दिपक नेगीले भने, “निर्माण कम्पनीलाई तत्काल मापदण्डले तोकिएका बमोजिमका निर्माण सामग्री हटाउन भनेका छौं, नहटाएर अटेरी गरी कार्य गरे प्रचलित कानुनअनुसार कारवाही हुन्छ।”

 


२० माघ २०७८, बिहीवार ११:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु